वनका खानेकुरा : भोक, स्वाद, पोषण र नोस्टाल्जिया
आलेखको सुरुआत दुई प्रसङ्गबाट गरौं । प्रसङ्ग एकः बर्दिया राष्ट्रिय निकुञ्जसँगैको गाउँमा उमेरले ६० नाघेका एक जना थारूसँग मैले सोधेको थिएँ– तपाईंसँग खान पुग्ने जग्गा–जमिन छ । निकुञ्जभित्र बाघ, हात्ती र गैंडाको डर छ, सुरक्षाकर्मीले भेटे कारबाही गर्छन् तर पनि तपाईं निगुरो, घोंगी टिप्न जंगल किन जानुहुन्छ ? उनको उत्तर …