विश्व–राजनीतिको संक्रमणकाल : जैविक राष्ट्र–जैविक विश्वको प्रस्ताव
नेपालीमा एउटा उखानै छ– ‘डोकोले छोपेको दिन देखिन्छ ।’ अहिले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पमा यो उखान चरितार्थ भएको छ । २०औं शताब्दीको उत्तरार्धदेखि अमेरिकाले आफूलाई ‘विश्वको प्रहरी’ को रूपमा प्रस्तुत गर्दै आएको थियो । लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता र उदारवादी मूल्यमान्यताको प्रचारकको भूमिकामा अमेरिकाले विश्वभर हस्तक्षेप गर्यो । कहिले अफगानिस्तानमा, …