जुनार बेचेरै काठमाडौंमा घर-घडेरी
९ पुस, सिन्धुली। आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्य पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा। जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुन्डिएका छन्, पाकेका फल । सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका–४ तिनकन्याको दृश्य हो …