बदलियो जनादेश, फेरिएनन् पुराना दल
३० चैत, काठमाडौं । वर्ष–०८२ लाई विदाइ गर्दै गर्दा प्रतिनिधि सभाले २६ वर्षकी रुबीकुमारी ठाकुरलाई उपसभामुख निर्वाचित गर्यो । यो उमेरमा यसअघि कोही उपसभामुख निर्वाचित भएको नेपाली संसदीय इतिहास छैन । जेनजी उमेर समूहकी रूबीकुमारीलाई राज्यका प्रमुख सातमध्ये एक पदमा निर्वाचित गराउन रास्वपाको निर्णय महत्वपूर्ण आधार बन्यो । हर्क साम्पाङ …