धुमधामले प्रचार गरिएका जनमतका अधिकांश कार्यक्रम फेल
२७ असार, जनकपुरधाम । २५ जेठ २०८१ मा मधेश प्रदेशको नेतृत्व जनमत पार्टीले लियो । पहिलोपटक प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा जनमत पार्टी उत्साहित थियो । हतार-हतारमा आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र त्यसअनुरूप बजेट प्रस्तुत गरियो, जसमा पार्टीका नवीनतम र महत्वाकांक्षी योजना समावेश गरिए । जनमतको नीतिअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा एक रोजगार प्रवर्द्धन केन्द्र, हरेक पालिकामा कृषि विद्युतीकरण, मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, मधेश आईटी पार्क, एक पालिका एक कृषि लाइब्रेरी लगायतका ६ दर्जनभन्दा बढी नयाँ योजना प्रस्तुत गरिए । दुई दर्जन बढी योजनालाई विशेष भनेर प्रचार-प्रसार गरियो । …