पहिलो दिनमै बहिष्कार भोग्यो राजावादी ‘जनआन्दोलन समिति’ ले
४ चैत, काठमाडौं । विगतमा वैकल्पिक राजनीतिको वकालत गर्दै मार्गपरिवर्तन गर्ने रवीन्द्र मिश्र, स्वतन्त्र राजावादी अभियान चलाउने केशरबहादुर विष्ट, मधेसको क्षेत्रीयतावादी राजनीति हुँदै एमाले निकट बनेका राजेश अहिराज, कोरोना भाइरस भगाउने मन्त्र निकालेका पूर्वप्राज्ञ जगमान गुरुङ, अनि सीके राउतले इलाम २ को उपचुनावमा समर्थन गरेका लिम्बुवान पहिचानवादी उम्मेदवार प्रेमदीप थाम्सुहाङ …