‘भारत र चीनको बजारमा फिल्म रिलिज अबको हाम्रो लक्ष्य’
मैले ‘कबड्डी’बाट वितरण करिअर थालेको हुँ । त्यो फिल्म चाहिं हामीलाई पेनड्राइभमा हालेर पठाइदिनुभएको थियो । त्यो पेनड्राइभ ‘इन्क्रिप्टेड’ हुँदैनथ्यो, जसले पनि चलाउन मिल्ने । पाइरेसी नहोस् भनेर म आफैं एउटा शहरबाट अर्कोमा यात्रा गरेर फिल्म देखाउँथें । एकदमै सीमित हलमा, एउटा हल बुक गर्दै, मन्दिर वा स्कुलको अडिटोरियममा फिल्म …