घर कहाँ पर्यो ?
दशैं आउन थालेपछि काठमाडौंमा उपत्यका बाहिरबाट आएर पेशा ब्यवसाय गरिरहेका मानिसहरुका बीच धेरैले एकअर्कालाई सोध्ने प्रश्न हो, ‘घर कहिले जाने ?’ यो प्रश्न सोध्ने र उत्तर दिने दुवैलाई थाहा हुन्छ– घर भनेको बाल्यकालमा हुर्के बढेको वा बाआमा बसिरहेको ठाउँ हो । तराईतिर वा काठमाडौंमा पनि दशक अगाडिसम्म पनि पहाड मूलका …