त्रिविका गोल्डमेडलिस्टको एक स्वर : देश छोड्ने रहर छैन
१३ पुस, काठमाडौं । दशरथ रंगशालामा शनिबार कुनै खेलकुद प्रतियोगिता थिएन । तर, प्यारापिट भरिभराउ थियो । रंगशालाभित्र प्रवेश गर्न चाहनेहरू थापाथली, शहीदगेटदेखि नै लाइन बस्नेहरू थिए । रंगशालाभित्र घुइँचो थियो भने बाहिर रंगशाला आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त थियो । तैपनि हीरा श्रेष्ठ ६ महिनाको छोरो च्यापेर भीड छिचोल्दै रंगशाला …