गार्गी गुरुकुल पुग्दा
वैदिककालमा महिलाहरू पनि गुरुकुलमा पढ्थे/पढाइन्थे। उनीहरू गुरुको भूमिकामा कार्य पनि गर्दथे भनिन्छ। यसको उदाहरण ऋग्वेदकालीन महिला/ऋषिका ‘रोमाषा’ले ऋग्वेदको १२६सौं ऋचा प्रस्तुत गरेकी थिइन् भन्ने पढ्न पाइन्छ। त्यसैगरी वेदका केही ऋचाहरू ब्रह्मवादिनी ‘लोपामुद्रा’ले लेखेको र ऋग्वेदका धेरै ऋचाहरू महिलाहरूले सृजना गरेको भनिन्छ। त्यसरी सृजना गर्ने महिलाहरूलाई ‘ब्रह्मवादिनी’ भनिने रहेछ। त्यस्ता महिलाहरूमध्ये, …