विष्णु माझी : एउटी गायिकाको रहस्यमयी गुपचुप जीवन
काठमाडौं । ‘बल्ल तीज लागे जस्तो भो’ विष्णु माझीको गीत सार्वजनिक भएलगत्तै ओइरिएको प्रतिक्रिया हो यो । तीजको सन्दर्भमा उटपट्याङ गीतहरुले होहल्ला मच्चाइरहँदा अनायास विष्णु माझीको सुरिलो भाका गुञ्जिएको थियो । जसै उनको आवाज गुन्जियो, अरु तीज गीत लाखापाखा लागे । तब पारखीहरु भन्न लागे, ‘अब पो तीज सुरु भयो …