फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता
१४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् । उनीविरुद्ध आजभन्दा ठ्याक्कै १ वर्षअघि १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् …