गार्गी तिमी असन्तोषी थियौ, म बिचरी
२०७५ साल फागुनका दिन एउटा असाधारण परीक्षण गरेकी थिएँ। यसको केही दिन पहिले रञ्जना कुमारी सेन पौडेलले मलाई मन्त्र सुनाइदिन आग्रह गर्दा, म आश्चर्यचकित भएकी थिएँ। यो मेरो लागि सर्वथा नौलो र अप्रत्यासित अनुभव थियो। मैले कहिल्यै कसैबाट मन्त्र सुनेकी थिइनँ, सुनाउने त झन् परको कुरा। आफूले मन्त्र नसुनेको भए पनि म सानो छँदा, आमा, फुपू र काकीहरूले हरेक दिन नुहाएपछि हातका औंला …