गम्भीर समस्यामा नेफ्स्कुन : पौने ४ अर्ब घाटालाई नाफामा लेखांकन, कागजी नाफाबाट लाभांश
२३ पुस, काठमाडौं। गतवर्ष साढे ५ अर्ब घाटालाई नाफामा लेखांकन गरेको नेपाल बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (नेफ्स्कुन)ले यो वर्ष पनि पौने ४ अर्ब घाटालाई नाफामा देखाएको छ । खराब कर्जाबापत प्रोभिजनिन गर्नुपर्ने अर्बौं रुपैयाँलाई नाफामा देखाएपछि गत वर्ष लेखापरीक्षकले वित्तीय विवरणमै विपरीत राय (एडभर्स अपिनियन) दिएका थिए । …