जेनजी खोज्दैछन् रुपान्तरण, बन्दैछ वृद्धहरूको गठबन्धन
१९ कात्तिक, काठमाडौं । इतिहासमै ठूलो जनधनको क्षति हुने गरी भएको २३ र २४ भदौको जेनजी विद्रोहले राजनीतिक दलहरूमा रुपान्तरण र पुस्तान्तरणको चाहना अभिव्यक्त गरेको थियो । विद्रोहले दलहरूमा चर्को दबाब सिर्जना गरेको थियो । तर विद्रोहको रापताप सेलाउँदै जाँदा दलहरूका शीर्ष नेतृत्व रुपान्तरणलाई टार्न वैकल्पिक उपायहरू अपनाउने प्रयास गरिरहेका …