खानीले नखाएको बूढो रूख
पानी पिउँदापिउँदै हलिसा भुर्र उडे । पूर्वतिर फर्केको सर्बरयाजको हाँगाको टुप्पोमा गई बसे । पखेटा फट्फटाउँदै वारि–पारि हेरे । त्यसपछि ? चनाखिए । त्यसबेला फिस्टा, क्वाइय, भेक्रा (भ्याकुर), कोकलस्हाँरा घरी वल्लो डाली त घरी पल्लो रूख गरिरहेका थिए । स्थानीय स्कूलका सह–हेडसर र म पनि हलिसा जस्तै तिर्खाले खरास्सिएका थियौं …