कोरी क्हफुचे मोन्टाज
भूपीन यात्रा कस्तो रह्यो ? भिडियो खिचिरहेका प्रेमबहादुर गुरुङले सोधे । प्रेम, ट्रेकिङ वन्डरफुुुल रह्यो । अन्नपूर्ण हिमालको त हाडछाला नै देखियो ! गाडीभित्रका हामी कान कानसम्म हाँस्यौं । सबै अर्थात् प्रेम, त्रिवेणी, डोलीन, दिपीन, उत्सव, अस्तित्व र म । झ्याल बाहिर हेरें । भर्खर खसेको कलिलो घामको न्यानोमा पारिको …