जसले विगतमा दमनकर्ताको संरक्षण गरे, अब उनी नै छानबिनको दायरामा
७ असोज, काठमाडौं । जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न सरकारले दुई दिनअघि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्यो । कार्की आयोगले २३ भदौको जेन-जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट भएको आगजनी र तोडफोडका घटनामाथि अनुसन्धान गर्नेछ । यसअघिका दुइटा जनआन्दोलनमा भएको दमनबारे अध्ययन गर्न …