ओलीलाई सजिलै सत्ता चलाउन नदिने प्रचण्डकाे संकेत
२१ पुस, काठमाडौं । आइतबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दिनभरजसो पार्टी मुख्यालयस्थित ललितपुरको च्यासलमा थिए । पार्टीभित्र ओलीको चर्चा हुनु स्वभाविक हो । तर, ओलीको चर्चा धुम्बाराहीस्थित एउटा ब्याङ्क्वेटमा चलेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पनि उस्तै थियो । कारण– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको …