‘हिजो राजा जसरी बिग्रिए, आज तीन नेता त्यही गतिमा छन्’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, २०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगका संयोजक हुन् । दलका नेताहरूलाई विगतको गल्ती नदोहोर्याउने ‘कबुल’ गराएरै समितिको नेतृत्व स्वीकारेको बताउने उनी राजनीतिज्ञहरूको पुरानै चरित्र र संस्कार दोहोरिएकोमा खिन्न छन् । जनताको संघर्षबाट आएको लोकतन्त्रलाई राजनीतिज्ञहरूले आफ्नो स्वार्थ र हितमा प्रयोग गर्दा …