गुजारामुखी बाध्यात्मक होइन, अब रोजाइको उद्यम बन्नुपर्छ कृषि
नेपालका लागि कृषि क्षेत्र कुनै समय रोजगारी र आम्दानीको प्रमुख स्रोत थियो अर्थात् अर्थतन्त्रको मेरुदण्ड र राज्यका लागि धेरै समस्याको समाधान । आज त्यही क्षेत्र परिवारदेखि संसद्सम्म प्रश्नै–प्रश्न हुने तर उपयुक्त समाधान नभेटिने क्षेत्र बनेको छ । यस्तै एक प्रश्नको जड पर्गेल्ने हिसाबले ‘नेपालमा जग्गा बाँझो रहने प्रवृत्तिको समाजशास्त्र’ सम्बन्धी …