काठमाडौं १६ मा कांग्रेस–एमालेलाई नयाँको डर
११ मंसिर, काठमाडौं । वडाध्यक्ष पदमा उपचुनाव हुने काठमाडौं–१६ का टोल र बजारहरूमा दलका नेता कार्यकर्ताको बाक्लो आउजाउ छ, भोट माग्दै नेता कर्यकर्ताको टोली दौडधुपमा छन् । उम्मेदवारलाई जिताउन आह्वानसहितको माइकिङ गर्दै गाडीहरू हुँइकिरहेका छन् । कतिपय घरमा पार्टीका झण्डाहरू टाँगिएका छन्, हातमा राष्ट्रिय र पार्टीका झण्डा तथा पर्चा बोकेका …