कहर
बाबाको बूढो एट्लस साइकल चलाएर रूपेश मामाघर गएकी आफ्नी दुई वर्षकी सानी बैनीलाई लिन गइरहेको थियो। साइकल ऊ भन्दा निकै ठूलो थियो। त्यसैले सिटमा बसेर साइकल चलाउने त ऊ कल्पना मात्र गर्न सक्थ्यो। यद्यपि कैंची हानेर भने ऊ मजाले साइकल हाँक्न सक्थ्यो। त्यसरी हाँक्दा ऊ पूरै पाउदानी घुमाउन सक्दैनथ्यो। एउटा …