आमाको काखदेखि कक्षाकोठाको दुरी : मेरी ममी खोइ ?
गत वर्ष माघतिरको कुरा हो, प्रारम्भिक बालविकास सम्बन्धी परियोजना शुरू गर्नको लागि सम्भाव्यता र आवश्यकता विश्लेषण गर्न विद्यालय भ्रमण गर्ने क्रममा एउटा विद्यालयमा पुग्यौं । करीब २५०० विद्यार्थी अध्ययन गर्ने गरेको उक्त विद्यालय जिल्लाकै चर्चित रहेछ । प्रधानाध्यापकले विद्यालयमा भौतिक पूर्वाधार राम्रो भएको र गुणस्तरीय शिक्षा प्रदान गरिने जानकारी दिनुभयो …