एडगर, तिम्रो आत्माले शान्ति पायो ?
हरेक वर्ष जनवरी १९ का दिन बाल्टिमोरमा अवस्थित वेस्टमिन्स्टर हलमा रहेको एडगर एलन पोको चिहानमा एक रहस्यमयी व्यक्ति आउने गर्थे, कालो ओभरकोट र ह्याटमा। उनले सिल्भर-टिप भएको छडी बोकेका हुन्थे। आफ्नो अनुहारलाई सेतो स्कार्फ अथवा हुडले ढाकेका हुन्थे। जनवरी १९ अर्थात् चर्चित अमेरिकी लेखक एडगर एलन पोको जन्मदिन। उक्त अपरिचित …