एक्ली आमा
‘आमा यता’ दुई जना अधबैंसे युवक बूढीआमालाई माया गरेर डोर्याउँदै मेरो पछाडि उभिन आइपुगे । आमाका वरिपरि अरू चार–पाँच जना अधबैंसेहरू पनि थुप्रिए । छोराहरूले बूढीआमालाई माया गरेर डोर्याएको देखेर मलाई रमाइलो लाग्यो । आफ्नी स्वर्गीय आमाको सम्झना आयो । बूढीआमालाई हेरिरहें । बूढीआमाले हरियो साडी, पहेंलो चोलो लगाएर कम्मरमा …