ऋचा
ऋषिकान्त सरको कलम नभेटिंदा सिर्जित तनावको वितरण परिवारका तीनै जना सदस्यहरूमा भएको छ। सितिमिति सरसामान राखेको ठाउँ बिर्सिहाल्ने व्यक्ति होइनन्, तर हिजोआज कलम, मोजा, छाता जस्ता सामानसँग सरको लुकामारी चल्न थालेको छ। सूर्योदय मावि चिसापानीमा हेडसरले पनि पूरै क्लास पढाउँछन्, सँगसँगै १५ जना शिक्षक र ६५० विद्यार्थी भएको संस्था पनि …