‘उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’
गत चुनावअघि नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–५ मा उम्मेदवार बनेका प्रणयशमशेर राणाले साढे तीन वर्षपछि उक्त दल त्यागेका छन् । पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठका विज्ञ सल्लाहकार भएर काम गरेका राणा रास्वपाको केन्द्रीय एनआरएन विभागको उपप्रमुखको भूमिका निर्वाह गरे । एनआरएन विभागलाई प्रवास विभागमा मर्ज गरियो …