बिर्तामोड र इटहरीमा बढ्यो चाप, पूर्वी पहाडका गाउँ रित्तिंदै
विराटनगर। साहित्यकार कृष्णविनोद लम्साल इटहरी बस्न थालेको ४२ वर्ष भयो । भोजपुरको दिङ्लाबाट धरानहुँदै इटहरी झरेका उनी महेन्द्र राजमार्गसँग जोडिएको कुनै बेलाको सानो गाउँ इटहरीको विकासक्रमका साक्षी हुन् । थारू समुदायका स-साना झुप्रा घर रहेको इटहरीमा ठूला संरचना बनेको उनले नजिकबाट देखेका छन् । ‘हामी आउँदा यहाँ बस्ती पातलो थियो, …