छद्मभेषी निर्यातबाट कहिले मुक्त हुने ?
मुलुकको आर्थिक विकासमा योगदान गर्ने एउटा महत्त्वपूर्ण पक्ष वस्तु तथा सेवाको उत्पादन, उपयोग, तथा निकासीको प्रबन्धसँग सम्बन्धित रहेको हुन्छ। विश्वभर छरिएर रहेका मुलुक तथा समाजले आफूलाई आवश्यक पर्ने सबै वस्तु वा सेवा आफैँ उत्पादन गर्नु आर्थिक तथा सामाजिक बनोटको दृष्टिकोणबाट व्यावहारिक हुँदैन भने धेरै मुलुकका लागि यो सम्भव पनि हुँदैन। …