लेखक हराएको सूचना
शुक्रबार ३ डिसेम्बर, सन् १९२६! घडीले रातको लगभग साढे नौ बजाइसकेको थियो, उनी अधैर्य र अनिद्रालाई बोकेर कुर्सीमा बसिरहेकी थिइन्, आफूसम्मुख पोखिएको मधुरो उज्यालोमा सायद शून्यतालाई खोज्दै। केही समयको विचरणपछि उनी एकाएक कुर्सीबाट उठिन् र भर्याङ उक्लिन थालिन्। एउटा कोठामा उनकी सात वर्षकी छोरी ‘रोसलिन’ सुतिरहेकी थिइन्। उनले आफ्ना पाइलाहरूलाई …