दुई सातापछि प्रहरीमा नयाँ नेतृत्व, प्रतिस्पर्धामा ४ एआईजी
१० कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण खापुङ २६ कात्तिकको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् । १९ भदौमा जम्माजम्मी ६९ दिनका लागि आईजीपी बनेका खापुङ अवकाशका जाने भएसँगै नेपाल …