अब त आँखाको पट्टी हटाऔं
देशमा केही पनि भएन, सबै खत्तम भयो, बर्बाद भयो, देश तन्नम भयो! यी भनाइहरू कति सामान्य बनिसकेका छन्। चियापसलदेखि सार्वजनिक यातायात, सामाजिक सञ्जालदेखि पारिवारिक जमघटसम्म, हरेक ठाउँमा यस्तै प्रतिध्वनि सुनिन्छ। गुनासाहरू यति गहिरो गरी गडिसकेका छन् कि अब आशावादी कुरा राख्नु/बोल्नु नै अपराध जस्तै महसुस हुन थालिसकेको छ। मन्डेलाको आशावाद …