६० दिन अस्ट्रेलियामा
मानव जाति लाखौं वर्षको विकास यात्रा पार गरेर हालको अवस्थामा आइपुगेको हो। एक कोषियदेखि होमो सेपियन्ससम्मको विकास शृङ्खला यो वा त्यो स्वरूपमा यात्रा नै थियो। निल आर्मस्ट्रङले चन्द्र धरातलमा चालेको पाइला, कोलम्बस–मार्कोपोलोको सामुद्रिक पदचाप अनि ह्वेन साङको ज्ञान परिभ्रमण मानवजातिलाई सदियौंसम्म दिशानिर्देश गरिरहने यात्राहरू थिए । मानिस यात्राप्रिय जीव हो। …