असारे विकासको चटारो
यतिबेला राज्यका तीनै वटा सरकार असारे विकासको चटारोमा छन्। सबै सरकारी निकायहरू असारे विकासमै मरिमेटेका छन्। सडक बनाउने, पिच गर्ने, पुल बनाउने लगायत सबै काम यतिबेला धमाधम भइरहेका छन्। हाम्रो पूँजीगत खर्चको मूल हिस्सा यही असारमै खर्च हुन्छ। सरदर ४० प्रतिशत बजेट यही महिनामै खर्च हुने गर्दछ। महालेखापरीक्षकका प्रतिवेदनहरूले यही …