ताप्लेजुङको अलैंची अमेरिका, युरोपदेखि गल्फ बजारसम्म
१५ मंसिर, तापेथोक (ताप्लेजुङ) । फक्ताङ्लुङ, तापेथोकका सुकबहादुर ताप्मादेन अलैंची टिपेर भट्टीमा सेकाउन १५ जना स्थानीय कामदार लिएर लेकतिर जान खोज्दा भेटिए । उनले मंसिरे जाडो छल्न तोङ्बा, सामल तुमल र बाक्लो ओड्ने ओच्छ्याउनेको जोहो गरिसकेका थिए । तापेथोक बजारदेखि करिब एक घण्टाको उकालो छिचोलेपछि ताप्मादेनको अलैंची बगान पुगिन्छ । …