एउटै पीडाका अलग कहानीहरू
गाउँमा, साँझ–बिहान बालिने दियो नै मेरो हजुरबुबा, हजुरआमा पुस्ताको समग्र उज्यालो हो। त्यही साँझ–बिहानको बत्तीको मायाले नै उहाँहरूका पाइताला गाउँमै अडाइराख्छन्। अँध्यारो चिर्न शहर झर्ने सन्ततिसँग अघि सर्न यत्ति उज्यालोले उहाँहरूलाई छेकिराख्छ। आँगनमा तुलसीको मठ ओइलिनु जिन्दगी ओइलिनु सरह हो। जिन्दगीमा कत्ति रस नभएर, दुःखैदुःखको काँडाबीच ओइलिनुपर्ने नियति भोगेर पनि …