छोराछोरी अमेरिका, बुढा आमाबा एक्लै घरमा
गत जेठ २९ मध्याह्न चौघेरा (दाङ घोराही)का कम्दमा मकैबोट ‘चर्को घाम’ले असिनपसिन थिए । हाइकाढ्दै बेलाबेलामा चल्ने अल्छी हावा तालमा टाउको नउठाई मुस्किलले हल्लन्थे । ठीक त्यसैबेला एउटा घरभित्र पङ्खाको सहाराले गर्मीसँग जुध्दै एउटी वृद्धा टीभी हेरिरहेकी थिइन् । फूलबुट्टे लुँगी र छिर्केमिर्के टि–शर्ट लगाएकी गहुँगोरी वृद्धा हातमा टाकुु धागो कात्दै थिइन् । पंखा …