श्रीलंकामा वामपन्थी राष्ट्रपति : जनताले रोजे पूर्ण परिवर्तन
६ असोज, काठमाडौं । वामपन्थी नेता अनुरा कुमारा दिशानायके (एकेडी) नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरि रहेकाहरुलाई रोकेर दिशानायकेलाई राष्ट्रपति चुन्ने श्रीलंकाली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे …