जनसेवाका कोषमा सरकारको वक्रदृष्टि, अपांगदेखि वृद्धाश्रमसम्मको पैसा मास्न अध्यादेश
४ माघ, काठमाडौं । राजस्वमा भ्वाङ परेपछि जनताको पैसा संकलन गरेर विशेष प्रयोजनका लागि बनाइएका कोषमा सरकारले वक्रदृष्टि लगाएको छ । वैदेशिक रोजगारीमा गएका कामदारलाई राहत–उद्दार, सडक मर्मत, ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारलगायत काम गर्ने उद्देश्यसाथ सरकार आफैंले बनाएका कोषका पैसा सरकारी राजस्वमा लैजाने गरी सरकारले अध्यादेश ल्याएको हो । …