तिमीलाई कसरी भुल्न सकुँला बाकु !
अजरबैजानको बाकुस्थित मे ट्वान्टीएट मलको चौथो तलामा केएफसी रेस्टुरेन्ट रहेछ । रेस्टुरेन्टको एकछेउको टेबलमा बसेर म आफ्नै धुनमा मोबाइल चलाइरहेकी थिएँ । “हाई, एक्सक्यूज मि ! क्यान आई सिट हियर ?” कुनै महिलाको मिठो र सुरिलो आवाजले म झस्किएछु । जवाफ दिएँ : “भैहाल्छ नि !” दुई जना युवती रहेछन् …