अख्तियारको टिप्पणी-‘विशेष अदालतबाट न्यायिक सुशासनमा आघात पुग्नसक्ने आदेश भयो’
४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएका श्रृङ्खलाबद्ध आदेशहरु ‘न्यायीक सुशासन र जनविश्वासमा आघात पुग्नसक्ने’ प्रकृतिका रहेको भनी टिप्पणी गरेको छ । पोखरा विमानस्थल भ्रष्टाचारमा मुछिएका नेपाल नागरिक उड्डउन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदिप अधिकारी लगायतलाई न्यून धरौटी वा सामान्य तारिखमा छाडिएको भन्दै …