मोरङको रङ्गेलीमा आगलागी: २० घर जले
मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी भएको छ। आगलागीबाट उक्त टोलका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शनिबार दिउँसो अढाई बजेतिर आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको हो। बाक्ला घर भएका कारण धेरै वटा घर जलेर क्षति …