दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु
१७ चैत, सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा भैरवी गाउँपालिका- ६ तोरीमूलकी १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो । चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । …