जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर नष्ट
जङ्गलमा लागेको डढेलोको लप्का सल्केर गाउँ पस्दा खोटाङमा एक स्थानीयको घर गोठ जलेर नष्ट भएको छ। जिल्लाको खोटेहाङ गाउँपालिका ९, देउरालीस्थित कटहरे पाखाको जङ्गलमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सोही ठाउँका बन्दिरबहादुर राईको घरगोठ जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आगोले राईको टालीले छाएको काठको २ …