पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिइनेछ: ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताएका छन्। एमाले बागमती प्रदेशले आज मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा उनले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने स्पर्ष्ट पारेका हुुन्। पार्टी …