मौसम विज्ञान विभागले भन्यो : तराईमा तातो हावाको लहर बढ्न सक्छ , सतर्कता अपनाउनु होला
प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । …