पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामका विश्व अधिकारी कुनैबेलाका ट्रेकिङ गाइड हुन्। उनले पर्यटन क्षेत्रमा स्थापित हुनका लागि के चाँही गरेनन्, विदेशी पर्यटकलाई गाइड गरेर हिमाली डाँडाकाँडा उकाल्नेदेखि ट्रेकिङ सप सम्म खोल्ने, त्यसले पनि नपुगेपछि ट्रेकिङ कम्पनि नै चलाए। अझ पनि नपुगेपछि अधिकारीले होटल भाडामा लिएर संचालन गरे। तर, ती सबै …