लागत अनुमानभित्रै एमसीसी सबस्टेसनमा ठेकेदारको प्रस्ताव
६ चैत, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को लगानीका सबस्टेसन निर्माणका लागि ठेकेदार कम्पनीहरुले गरेको न्यूनतम मूल्य प्रस्ताव प्रारम्भिक लागत अनुमानभित्रै रहेको पाइएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले गत १४ फागुनमा निर्माण कम्पनीहरुको पेस गरेको वित्तीय प्रस्ताव खोलेको थियो । तीन वटा प्रमुख सबस्टेसन परियोजनालाई एमसीएले तीन …