डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्। बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट …

Read more

पेट्रोलियम पदार्थ अन्वेषणको सामाग्री बोकेको गाडी दुर्घटना

पेट्रोलियम पदार्थ अन्वेषणको सामाग्री बोकेको गाडी दुर्घटना

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ मेसिनको सामाग्री बोकेको गाडी दुर्घटनामा परेको छ। कर्णाली राजमार्ग अन्तर्गत दुल्लु नगरपालिकाको पाली भन्ने स्थानमा ट्रक दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएको हो। प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। चीनबाट आएका पेट्रोलियम अन्वेषणका लामा र ठूला ट्रकका लागि सडक सहज नभएकोले दुर्घटना भएको …

Read more

नाउपाका सांसदलाई पदमुक्त गर्ने तयारी, संकटमा मुख्यमन्त्री

नाउपाका सांसदलाई पदमुक्त गर्ने तयारी, संकटमा मुख्यमन्त्री

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्यहरुलाई लेखेको पत्र र पदमुक्त गरिएकी सांसद इन्दिरा गिरी । २१ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो भएको छ । पार्टी अध्यक्ष र संसदीय दलका नेताले अलग अलग ह्वीप जारी गरेका छन् भने एक सांसदलाई पदमुक्त गरेको पत्र …

Read more

दिल्लीलाई कोलकाताले दियो २७३ रनको विशाल लक्ष्य

दिल्लीलाई कोलकाताले दियो २७३ रनको विशाल लक्ष्य

२१ चैत, काठमाडौं ।  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २७३ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो । यो आइपीएल इतिहासको दोस्रो ठूलो योगफल हो । आईपीएलमा यसै सिजनमा सनराइजर्स …

Read more

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु: प्रधानमन्त्री

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि सुनाए। ‘पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने …

Read more

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ प्रतिनिधि सभाबाट पारित

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ प्रतिनिधि सभाबाट पारित

राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भनी कृषि तथा पशुपंक्षी विकासमन्त्री …

Read more

म्यादभन्दा ९ महिना अघि नै सकियो पुल निर्माण

म्यादभन्दा ९ महिना अघि नै सकियो पुल निर्माण

नेपालका अधिकतर विकास निर्माणका योजनाहरू सम्झौता अवधि गुज्रेको वर्षौँसम्म नबनेर अलपत्र पर्ने गरेका छन्। कतिपय योजनाहरू अढाई–तीन दशकसम्म पनि निर्माण हुन सकेका छैनन् भने ५–१० वर्षसम्म काम सम्पन्न नभएकाहरू त बग्रेल्ती छन्।  उदयपुर र खोटाङ जोड्ने गाईघाट–दिक्तेल सडक ३३ वर्ष पुगिसक्दा सम्म आधा पनि सम्पन्न हुन सकेको छैन। धाब्लाङ, बंशीलाघाट …

Read more

झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी, गाउँपालिकाले बनायो छानबिन समिति

झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी, गाउँपालिकाले बनायो छानबिन समिति

२१ चैत, काठमाडौं । झापाको कमल गाउँपालिकाले वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटाले फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक मोहन बगालेले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । …

Read more

प्रशासकीय अधिकृतले पत्रकारलाई दिए गोली हान्ने धम्की

प्रशासकीय अधिकृतले पत्रकारलाई दिए गोली हान्ने धम्की

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन। थपलियाले गोलबजारबाट दाबानल नामक अनलाइन संचालन गरेका छन्। यस अनलाइनमा थपलियाले आज गोलबजार नगरपालिकाका ‘प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र …

Read more

त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा

त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा

जगन्नाथ निरौला २१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित …

Read more